Skip

Hamro Sanchar

प्रधानमन्त्रीको टिप्पणी : शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि विचराहरू खत्र्याक्कै भए ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १३ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भनेर अहिले हल्ला गर्नेहरु खत्र्याक्कै भएको टिप्पणी गरेका छन्।

आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै त्यस्तो हल्ला गर्नेहरु नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार ढल्दैन भनेपछि खत्र्याक्कै भएको उल्लेख गरे।

शेरबहादुरजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो, खुइए गेर पुर्पुरामा हात लगाएर बसे हल्ला गर्नेहरु विचराहरु,’ ओलीको भनाइ छ, ‘त्यति चाहिएको रहेछ। शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि खत्र्याक्कै हुँदारहेछन्। थुचुक्कै।’

देउवा आउनुभन्दा पहिले सरकार ढल्छ भनेर आगै बाल्न खोजको टिप्पणी समेत ओलीले गरे। ‘हिजोसम्म आगै बाल्न खोजेका थिए,’ उनले भने, ‘शेरबहादुर देउवाजी फर्केर आउने बित्तिकै सरकार ढल्छ भनेर आर्लने बित्तिकै ढलिहाल्छ कि जस्तो पारेका थिए ।


प्रतिकृया दिनुहोस्