Skip

Hamro Sanchar

बाबुराम भट्टराई आज भारत जाँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १३ गते


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा ९नयाँ शक्ति०का अध्यक्ष डा.बाबुराम भट्टराई आज छिमेकि राष्ट्र भारत जाँदैछन् ।

नेसपा (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइटमार्फत भारत जान लागेका हुन् ।

अध्यक्ष डा.भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेका हुन् । अधिवेशन भोली आइतबारबाट भारतको फरिदावादमा हुँदैछ ।

अध्यक्ष भट्टराईको साथमा नेसपा (नयाँ शक्ति)की उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा ९नयाँ शक्ति०का सचिव एवं प्रवास प्रदेश अन्तरर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदैछन् ।


प्रतिकृया दिनुहोस्