Hamro Sanchar

सिद्धि गणेश माविले विभिन्न कार्यक्रम गरेर मनायो ४३औं वार्षिकोत्सव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २२ गते


काठमाडौं, चैत २३- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-१ गागलमा अवस्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालयले ४७औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयले नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि शुक्रबार बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

विद्यालयले सो अवसरमा कक्षा संचालनको अवधिभर विद्यालय आउने (छुट्टी नलिने) शिक्षक, विद्यार्थी, एसइईमा उत्कृष्ट विद्यार्थी, सवारी चालक, कार्यालय सहयोगी तथा विद्यालयलाई अनवरत सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापाको सभाध्यक्ष तथा नगरप्रमुख कार्कीकाे प्रमुख आतिथ्यता, नगर प्रवक्ता तथा वडा नम्बर-८ का अध्यक्ष हरिभक्त पुडासैनी, शिक्षा शाखा प्रमुख पुष्प ढकाल, निमित्त प्रधानाध्यापक रोसन अधिकारी, नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला सचिव तथा विद्यालय ब्यबस्थापन समिति सदस्य महेश्वर फुयालको बिशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, ब्यबस्थापन समितिका अध्यक्ष, विद्यालयका संस्थापक सदस्य तथा समाजसेवीहरुको आतिथ्यमा रहेको थियो ।

कार्यक्रममा प्रधानाध्यापक अधिकारीले वार्षिक प्रतिवेदन पेश गर्दै भावी महत्वाकांक्षी योजनाहरुसमेत प्रस्तुत गरेका थिए । उनले विद्यालयमा स्मार्ट बोर्ड, इसिडी कक्षा संचालन, सुविधायुक्त शौचालय, बालमैत्री डेस्कबेन्च, इन्टरनेट, सुविधायुक्त पुस्तकालय रहेको बताए । उनले गुणस्तरीय शिक्षा उपलब्ध गराउने योजना समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमूख अतिथि नगरप्रमुख कार्कीले सिद्धि गणेशले शिक्षाका क्षेत्रमा सोचेअनुरुपको सफलता हासिल गरेको भन्दै प्रशंसा गरेका थिए । उनले नगरपालिका र काठमाडौं जिल्लाभरिकै सानको रुपमा रहेको सिद्धि गणेशले गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । शिक्षा नै विकासको मेरुदण्ड भएकोले विद्यार्थीहरुले सङ्घर्ष गरेर शिक्षा आर्जन गर्न निरन्तर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । नगरपालिकाले एनजी उन्मुलन अभियान संचालन गरेको जानकारी दिँदै कुनैपनि हालतमा विद्यार्थीले ३५ प्रतिशतसम्म ल्याउने गरि अध्यापन गराउन शिक्षकहरुलाई निर्देशनसमेत दिए ।

कार्यक्रमका सभाअध्यक्ष तथा वि.वि.स. अध्यक्ष थापाले विद्यालय सुधारमा सबै तहबाट सकारात्मक सहयोग पाएको बताए । उनले विद्यालयलाई थप सुधार र प्रतिफल ल्याउनेमा केन्द्रित रहेको बताए ।

कार्यक्रममा विद्यालयका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि राखिएका थिए ।

अंग्रेजी माध्यमबाट पढाई हुँदै आएको विद्यालयमा ७ सय २३ विद्यार्थी अध्ययनरत छन् ।


प्रतिकृया दिनुहोस्