Skip

Hamro Sanchar

२५ करोड रुपैयाँ सहित पक्राउ परेका कुसाङ सुन तस्करीमा ५ वर्ष जेल बसेर निस्किएको खुलासा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ४ गते


काठमाडौं । आज काठमाडौँको टोखाबाट ट्रकमा २५ करोड रुपैयाँ लिएर चीनतर्फ जाँदै गरेका कुसाङ लामालाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले सिन्धुपाल्चोक घर भएका लामालाई ना७ख १६५२ सहित नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो।

ट्रकबाट अमेरिकी डलर र युरो रकम बरामद गरिएको प्रहरीको भनाइ छ। आजको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ बरामद भएको हो।

लामा यसअघि पनि सुन तस्करीमा पक्राउ परेर पाँच वर्ष जेल बसेर निस्किएका व्यक्ति भएको प्रहीको भनाइ छ। उनी ७ किलो सुनसहित पक्राउ परेको र सजाय भुक्तान गरेर २०७८ सालमा निस्किएका हुन्।

उनलाई विदेशी विनियमय ऐन कसुरमा कारबाहीका लागि पठाइँदैछ ।


प्रतिकृया दिनुहोस्