Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाना निर्वाचनमा सचिव पदका उम्मेदवार खत्रीको पक्षमा माहौल बन्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २ गते


Advertisement

बाल्टिमोर, चैत ३- बाल्टिमोर एसोसियसन अफ नेप्लीज इन अमेरिका (बाना) को आगामी २०२५-२०२८ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिएका सुशील खत्रीको पक्षमा माहौल बन्दै गएको छ । सचिव पदका उम्मेदवार खत्रीलाई सबै क्षेत्र र पक्षबाट सहयोगको प्रतिबद्धता आएको छ । करिब एक दशकदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका समाजसेवी खत्री अमेरिकाको नेपाली समुदायमा सामाजीक कार्यमा सक्रिय छन् ।

‘हाम्रो बाना, राम्रो बाना’ बनाउने उद्देश्यका साथ निर्वाचनमा होमिएका बलियो उम्मेदवार खत्रीले आफ्ना विभिन्न एजेन्डा पनि अगाडि सारेका छन् । ‘नेपाली समुदायलाई भावनात्मक एकतामा जोड्ने उद्देश्य अनुरुप मेरो बानाको सचिव पदमा उम्मेदवारी हो’, सचिव पदका उम्मेदवार खत्री भन्छन्, ‘मैले बानाको आन्तरिक खर्च व्यवस्थापन तथा सदस्यता निःशुल्क गर्ने तरिकाले आफ्नो कार्यकालमा कार्यक्रमहरु लागु गर्न प्रयत्न गर्ने छु र उक्त खर्चको वैकल्पिक मार्ग खोज्ने गरि काम पनि गर्ने छु । ’

खत्रीले सहयोगका लागि सबैमा अपिल समेत गरेका छन् । यस पटकको बाना निर्वाचन २०२५ का लागि १४ पदमा ३० जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । विशेष गरी ६ पदहरूमा अत्यधिक प्रतिस्पर्धा हुने देखिएको छ, जसले गर्दा आगामी निर्वाचन अझ रोचक बन्ने देखिन्छ ।


प्रतिकृया दिनुहोस्