
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ ।
समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए।