Hamro Sanchar

एकीकृत समाजवादीको आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ८ गते


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ ।

पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको उपमहासचिव रामकुरमार भट्टराईले जानकारी दिए । सापकोटाको आज बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

सो पार्टीको केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।,,र


प्रतिकृया दिनुहोस्