Skip

Hamro Sanchar

योगेश भट्टराईको दाबी : ०८४ पछि एमालेले बहुमतको सरकार बनाउँछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ८ गते


सुर्खेत। नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन्। आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्छ,०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने छु, उनले भने, यो हाम्रो दाबी हो । उनले अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने पनि बताए । त्यसपछि दुवै दल आ-आफ्नै तरिकाले चुनाव लड्ने उनको भनाइ छ ।

अब बिस्तारै नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण गर्ने गलत परम्परा अन्त्य हुनुपर्छ। आआफ्नो तरिकाले चुनाव लड्नुपर्छ। समीकरणले सरकार फेरबदल भइरहने परम्पराको अन्त्य हुनुपर्छु उनले भने ।

सरकारले २९ वटा कानुनलाई सच्याउने गरी ६ वटा अध्यादेश ल्याइएको भन्दै उनले त्यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको जिकिर गरे । उनले भने-हामीले ल्याएको अध्यादेशले आर्थिक क्षेत्र चलायमान हुन्छ। सबैले अध्यादेशलाई राम्रो मानेका छन् । रोजगारीका अवसर सिर्जना हुने छ ।

अध्यादेश जसरी पनि पास हुने उनको भनाइ छ । भूमि सम्बन्धी अध्यादेशको विषयमा उपेन्द्र यादवसँग कुरा भइरहेको र यो विधेयक पनि पास हुने उनले जिकिर गरे ।

सामाजिक सञ्जाल नियमन गर्न पहिलादेखिकै सरकार लागि रहेको उल्लेख गर्दै उनले भने हाम्रो चाहना निषेध हैन नियमन हो । फेसबुक, युट्युबबाट क्राइम भएको छ त्यसलाई नियन्त्रण कसरी गर्ने ? त्यसैले दर्ता गरेर चलाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।


प्रतिकृया दिनुहोस्