Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री : अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ५ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैँले बनाउनुपर्ने बताए।

लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने बताएका हुन्।

४० वर्षअगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ। हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ,ओलीले भने, कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ।

उनले उद्योग स्थापनाका लागि लगानी विस्तार गर्नुपर्ने र सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। ओलीले केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको पनि सुनाए।

केहीले अध्यादेशको विरोध गरेको भन्दै उनले थपे, कोही कसैले अरु कारणले विरोध गर्नु बेग्लै कुरा हो। आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ।


प्रतिकृया दिनुहोस्