Skip

Hamro Sanchar

प्रतिनिधिसभा बैठक : यस्तो छ आजको कार्यसूची

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ५ गते


काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व.२०७९र८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०र८१)पेश गर्नेछन् । ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन)विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ माथि पनि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, भ्रष्टाचार निवारण (पहिलो संशोधन)विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेश गर्नेछन् ।


प्रतिकृया दिनुहोस्