Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

झलनाथको टिप्पणी : एमाले कांग्रेसको बुई चढेर हिँड्न बाध्य छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ४ गते


Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको मुख्य प्रतिद्वन्दी कांग्रेस भए पनि काँग्रेसकै बुई चढेर हिँडिरहेको बताएका हुन्।

उनले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने बताए।

उनले क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको बताए।

‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त। एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो रु काँग्रेस नै हो । तर काँग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ। हिजो माओवादीले पनि त्यही गर्‍यो, उनले भने, हामी पनि त्यसैतिर लागिरहेका छौँ। अब त हामीले सिक्यौँ कि जस्तो लागेको छ। अब त्यो खालका गतिविधि हामलिे हामीले वास्तवमा क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ । त्यसले मात्रै वास्तवमा समाजवाद प्राप्तिको एउटा आधारशिला तयार पार्दै हामी संगठन निर्माण गर्दै जानुपर्छ ।


प्रतिकृया दिनुहोस्