Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माघ लागेदेखि देशैभरिको तापक्रम बढ्न थाल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १० गते


Advertisement

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा केही दिनदेखि तापक्रम बढ्न थालेको छ। माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको बताए। उनले न्यूनतम तापक्रम पनि बढी नै देखिएको जानकारी दिए।

यसको कारणबारे उनले भने, ‘लामो समयदेखि पानी पनि परेको छैन। भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ हो।’ उनले अब तापक्रम बढ्ने समय पनि हुन लागेको बताए।

न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ।

यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने)हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने मौसमविद् अधिकारीको भनाई छ। तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उनले बताए।

विभागले बुधबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस देखिएको छ। न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ।यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो।

बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ। २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ। आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको महाशाखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्