Hamro Sanchar

सहकारी ठगी प्रकरण : अदालतमा हाजिर हुन रुपन्देही पुगे रवि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ८ गते


रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही पुगेका छन् ।

लामिछाने विमानस्थल हुँदै भैरहवा आएका हुन् । भैरहवामा उनी देवकोटा चोकस्थित एक होटलमा बस्ने र बुधबार अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिए । रविसँगै निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही गएका हुन् ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने मंगलबार रुपन्देही गएका हुन् ।

सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो ।


प्रतिकृया दिनुहोस्