Skip

Hamro Sanchar

प्रधानमन्त्री भन्छन् : सरकार ढल्दैछ भन्ने हल्ला भ्रम मात्रै हो 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २ गते


सरकार ढल्दैछ  भन्ने हल्ला भ्रम मात्रै हो  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैछ भन्ने हल्ला भ्रम भएको बताएका छन् ।

बालुवाटारमा बुधबार बिहान उद्योगी व्यवसायीहसँगको भेटघाट कार्यक्रममा उनले माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले मंगलबार मात्रै सुकेटेमा पत्रकारसँग सरकार आफ्नै कारणले ढल्न लागेको टिप्पणी गरेका थिए । त्यसकै जवाफमा प्रधानमन्त्री ओलीले सरकार ढल्छ भन्ने भ्रममात्रै भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले विकास गरौं भन्ने इच्छाशक्ति नदेखाउँदा देशमा यो अवस्था आएको बताए।

उनले आफू नेतृत्वको सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको दाबीसमेत गरे ।


प्रतिकृया दिनुहोस्