Skip

Hamro Sanchar

रास्वपाका सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २९ गते


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने वा छाड्ने भन्नेबारे थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिलले बहस सुरु गरेका हुन् । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जाहेरवालाहरूको तर्फबाट बहस सुरु गरेका छन् ।

जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस सकेपछि लामिछाने तर्फका कानुन व्यवसायीले बहस गर्नेछन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोगपत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका हुन् ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ ।


प्रतिकृया दिनुहोस्