Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राजेन्द्र लिङदेनकाे टिप्पणी :  वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २७ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् ।

पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटिमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमित रुपमा बोलाउनुपर्ने संसद नवोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फ उन्मुख देखिएको टिप्पणी गरेका हुन्।

देशलाई अध्यादेशको बाटोतर्फ लैजानुले सरकारको नियत स्पष्ट भएको उनले बताए । लिङ्देनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्रसमेत मास्न खोजेको आरोप लगाउँदै शसक्त प्रतिवाद गर्ने बताए ।

त्यस्तै, उनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिनु उपलव्धीपूर्ण रहेको भन्दै अर्को बर्ष सरकार आफैंले दिवस मनाउनुपर्ने सुझाव दिए ।

जलपान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्रीहरु, विभिन्न दलका नेता कार्यकता तथा शुभेच्छुक लगाएतको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्