काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धेरै लडाईं लड्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् ।
धरौटी रकम बुझाएर थुनामुक्त भएपछि भिडियो सन्देशमार्फत् लामिछानेले यस्तो बताएका हुन् ।
‘मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला,’ उनले भनेका छन्, ‘धेरै लडाईं बाँकी नै छ ।’
उनले न्यायप्रणाली प्रति विश्वास बढेको पनि बताएका छन् । ‘न्यायालयप्रति विशेष आभारी छु । न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै ठाउँ प्राप्त गरेकोमा धेरैधेरै धन्यवाद ।’
उनले आफूलाई माया गर्ने सबैलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।