काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछाने ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेश दिएसँगै उनी उक्त रकम बुझाएर ८४ दिनपछि छुटेका हुन्। गत कात्तिक २ गते उनी काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका थिए।
अब उनी काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। उनका विरूद्धमा स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा काठमाडौँ अदालतमा दर्ता भइसकेको छ।
उनले काठमाडौँ अदालतमा आफै उपस्थित हुने बताएपछि कागज गराएर छाडेको प्रहरीले बताएको छ।
उनीमाथि चितवन, पर्सा र रुपन्देही प्रहरीले पनि अनुसन्धान गरिरहेका छन्। ती जिल्लाका अदालतबाट पनि उनका विरूद्धमा पक्राउ अनुमति जारी भइसकेका छन्।
यसअघि कास्की अदालतमा अभियोगपत्र दायर गर्दा रविसहितका प्रतिवादी छुटी जाने भएमा प्रहरीलाई नै जिम्मा लगाइदिन माग गरिएको थियो केका छन्।
यसअघि कास्की अदालतमा अभियोगपत्र दायर गर्दा रविसहितका प्रतिवादी छुटी जाने भएमा प्रहरीलाई नै जिम्मा लगाइदिन माग गरिएको थियो