Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सूर्यदर्शन सहकारी ठगी मुद्दामा जवाफी बहस सकियो : आज आदेश आउने सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २५ गते


Advertisement

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियोजनकर्ता (सरकारी वकिल) को तर्फबाट जवाफी बहस पनि सकिएको छ।

कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधीवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायधीवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका थिए।

यसअघि बुधबार दिउँसो जाहेरवालाको तर्फबाट जवाफी बहस भएको थियो।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ६५ जना जोडिएका छन्। तीमध्ये हिरासतमा रहेका र कागारमा रहेका ७ जना प्रतिवादीको पुस १६ गतेदेखि थुनछेक बहस चलेको हो।

सुरुमा बादीको जवाफी बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस भएको थियो। सबै पक्षको बहस सकिएसँगै आजै थुनछेक आदेश आउने सम्भावना बढेको छ।

अहिले रविसहित सातैजना आरोपीहरुलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

जिल्ला अदालत कास्की वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुको सम्भावित गतिविधिलाई ध्यानमा राख्दै सो क्षेत्रमा प्रवेशमा कडाइ गरिएको छ ।


प्रतिकृया दिनुहोस्