Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अर्याललाई कार्यवाहक सभापति तोक्ने रास्वपाको तयारी : आकस्मिक बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ८ गते


Advertisement

काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ।

बैठक आज साँझ ४ बजे भर्चुअल माध्यमबाट बस्ने उपाध्यक्ष डीपी अर्यालले जानकारी दिए। कतिपय नेताहरू उपत्यकाबाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको अर्यालको भनाइ छ।

बैठकले रास्वपाको कार्यवाहक सभापति तोक्नेछ। कार्यवाहक सभापति उपाध्यक्ष अर्याललाई नै तोक्ने अनौपचारिक समझदारी रास्वपामा बनेको नेताहरूले बताएका छन्।

यसअघि नागरिकता विवादका कारण रविको सांसद र सभापतिको पद गएपछि पनि अर्याल नै कार्यवाहक सभापति बनेका थिए ।


प्रतिकृया दिनुहोस्