Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महामन्त्री शर्माले गरे लोबुचे हिमाल आरोहण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गरेका छन्।

संसद् दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार एक सय ४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका हुन्  । हिजो बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै पाँच जना युवाले पनि हिमाल सफल आरोहण गरेका हुन् ।

हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरुमा पुर्‍याएको असरबारे अध्ययन गरी संसद्, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताए ।

नेपालको उच्च हिमाल आरोहण गर्ने अहिलेसम्मका पर्वतारोहीलाई सम्मान, पर्वतारोहणमा महत्वपूर्ण भूमिका खेल्ने शेर्पा समुदाय, गाइड तथा श्रमीकहरुप्रति सम्मान, हिमाली श्रमीकहरुको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रहेको बताए ।

जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे अध्ययन गर्नका लागि आफूहरु प्रत्यक्ष रूपमा हिमाल आरोहण गर्न आएको बताए । उनले आफूहरु जलवायु परिवर्तनबाट नेपालमा परेको असर सिङ्गो संसारलाई ध्यानाकर्षण गराउनका लागि हिमाल आरोहण गर्न पुगेको बताएका छन् ।


प्रतिकृया दिनुहोस्