
काठमाडौं । ६ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उनिहरुलाइ बढुवा गरेको हो ।
जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा, रत्नकेशर खड्का, सुवेश कायस्थ र
निकिल कुंवरलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
साथै ११ जना महासेनानीको सरुवा गर्ने निर्णय समेत भएको ती मन्त्रीले जानकारी दिएका छन्।
साथै एसियाली विकास बैंकबाट १० करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको हो ।


















