Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश, तर तत्काल नछाडिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २७ गते


Advertisement

काठमाडौं  । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटी छाड्न आदेश दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो।

तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होबिन्दका बोगटीले भने साइबर अपराधमा छुटे पनि आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तत्काल नछुट्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्