Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मुल्य आज २१ सय रुपैयाँले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २५ गते


Advertisement

काठमाडौं । सुनको मूल्यमा आज व्यापक वृद्धि भएको छ। आज सुन तोलामा २ हजार १ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ५२ हजार दुईसय रुपैयाँ पुगेको छ।

हिजो तोलामा चारसय रुपैयाँ बढेको सुन आज २१ सय रुपैयाँ बढेको हो। हिजो सुनको मूल्य एक लाख ५० हजार एकसय रुपैयाँ थियो।

अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य पनि ६० रुपैयाँ बढेको छ। हिजो प्रतितोला एक हजार आठसय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौसय २५ रुपैयाँ पुगेको छ।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।


प्रतिकृया दिनुहोस्