Skip

Hamro Sanchar

बीआरआई अन्तर्गतका परियोजनामा ऋण लिँदैनौँ, अनुदानमा मात्रै सम्झौता हुन्छ : कांग्रेस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २४ गते


काठमाडौं । नेपाली कांग्रेसले बीआरआई अन्तर्गतका परियोजनामा ऋण स्वीकार नहुने दोहोर्‍याएको छ।

बीआरआई अन्तर्गतका परियोजनामा अनुदान मात्रै लिने कांग्रेसले प्रष्ट पारेको हो।

केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीले पहिले नै अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने निर्णय गरिसकेकाले त्यसैबमोजिम मात्रै चीनसँग भएका परियोजना अगाडी बढ्ने बताएका हुन् ।

कांग्रेसले यो शर्त चीन सरकारको सवालमा मात्रै नभएर आउने दिनमा सरकार(सरकारको बिचमा हुने सम्झौतामा ऋणका अनेकौ शर्तहरु हुने भएकाले त्यस्ता शर्तसहित ऋण लिँदाखेरि देशलाई फाइदा नहुने निस्कर्ष निकालेको छ।

त्यस्ता परियोजना सम्पन्न भएपछि त्यसबाट प्राप्त प्रतिफल त्यो ऋण तिर्न सक्ने नहुने पनि कार्यसम्पादन बैठकपछि महतले बताए।

बीआरआईका विषयमा संसद चलिसकेपछि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले संसद बैठकमा पनि प्रस्ट पार्ने महतले बताए।


प्रतिकृया दिनुहोस्