Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

झापा पुगेर प्रधानमन्त्रीले भने : चीन भ्रमणबाट देशका लागि उपलब्धि भयो, अब भारत जान्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २३ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको र केही समयपछि भारत जाने बताएका छन्।

आफ्नो गृहजिल्ला झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे जानकारी दिएका हुन्।

उनले चाँडै नै भारत भ्रमणमा जान लागेको बताए पनि समय भने खुलाएनन्।

उनी चार दिने चीन भ्रमणबाट बिहीबार स्वदेश फर्किएका हुन्। उनको चीन भ्रमणका क्रममा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।


प्रतिकृया दिनुहोस्