Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शिक्षकलाई तलब मासिक रूपमा भुक्तानी गर्न सबै पालिकामा परिपत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २१ गते


Advertisement

काठमाडौं । शिक्षकहरुलाई हरेक महिना मासिक तलब भुक्तानी गर्न ७५३ वटै पालिकामा परिपत्र गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकामा बिहीबार पत्राचार गर्दै शिक्षकको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न भनेको हो।

यसअघि चौमासिक रुपमा तलब भत्ता पाउँदै आएका शिक्षकलाई अबदेखि हरेक महिना तलब दिने निर्णय मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।

‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थाबाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा कार्यार्थ पठाइएको छ’, सामान्य प्रशासन मन्त्रालयको परिपत्रमा भनिएको छ।

त्यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई शिक्षकको तलब भत्ता मासिक भुक्तानीका लागि सबै पालिकामा पत्राचार गरिदिन भनेको थियो ।


प्रतिकृया दिनुहोस्