काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ ।
अघिल्लो दिन तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको हो ।