Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा पदभार ग्रहण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १२ गते


Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन्।

मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएका उनले आजदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहणका क्रममा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सेबोनलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता व्यक्त गरे। हालसम्म सेबोन भाडाको घरमा छ।

यस्तै उनले पुँजीबजार विकासका लागि दिनरात नभनेर लागिपर्ने संकल्प पनि गरे।

‘नेतृत्व अभावमा धेरै काम थाँती छन्’, उनले भने, ‘ती काम पूरा गर्ने छु। यस्तै पुँजीबजारको दायरा विस्तार गर्दै लगानीकर्ताका पक्षमा काम गर्छु।’

पदभार ग्रहण गरेपछि उनले पहिलो कामका रूपमा एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरे। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्