Hamro Sanchar

रवि लामिछाने रिहाइको माग गर्दै काठमाडौँमा प्रदर्शन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ११ गते


Advertisement

काठमाडौँ । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा आज प्रदर्शन गरिएको छ ।

आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका नारा लगाउदै माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा रास्वपाकी केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाको पनि उपस्थिति रहेको थियो।

लामिछाने हाल प्रहरी हिरासतमा रहेका छन् । पोखरामा बयान सकिएकाले उनलाई आज काठमाडौँ ल्याउन लागिएको हो ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो । जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो ।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत २ कात्तिकमा लामिछानेलाई काठमाडौँबाट पक्राउ गरिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्