काठमाडौं । पहिलोपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भएको छ ।
आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको भर्चुअल सहभागीतामा विद्युत निर्यातको उद्घाटन गरिएको छ।
भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिएको हो । उद्घाटनसँगै विद्युत आज रातिदेखि बंगलादेश निर्यात हुनेछ ।
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमति दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यससँगै नेपाल- बंगलादेशबीच विद्युत व्यापार औपचारिक रुपमा सुरुवात भएको छ ।