Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आइसीसी लिग-२ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १३ गते


Advertisement

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा नौं बजे सुरु हुनेछ। आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले पराजित भएको छ।

लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। अमेरिका १० खेलमा १४ अंक सहित दोस्रो स्थानमा छ। स्कटल्याण्ड ८ खेलबाट ११ अंकका साथ चौथो स्थानमा रहेको छ।

लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स यूएई सम्मिलित छन्।


प्रतिकृया दिनुहोस्