Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन : माधव नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १२ गते


Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गरेका छन्।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको विकसित राजनीतिक घटनाक्रमको बारेमा पूर्वानुमान गर्न नसक्ने बताए।

उनले भने, ‘म अरू नेताजस्तो पहिल्यै बोल्दिनँ, बोल्दा बिग्रिन सक्छ। म बोल्ने कम तयारी गर्ने ज्यादा गर्छु, अरू केही भ्रममा नपर्नुस् दुई ठूला पार्टीले यो सरकार पुरा अवधि जान्छ भनेपछि बस्छ, हामीले टाउको फोडेर केही हुँदैन।’

उनले देशमा देखिएको समस्या समाधान गर्न सरकारले इमानदार भएर काम गरोस् भन्ने चाहेको बताए।

उनले थपे, ‘हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन। हामीलाई मतलब छ राष्ट्र र जनताको हितको कुराको, भ्रष्टाचारीको उन्मुलन हामीले चाहेका हौँ। रोजगारी र उत्पादन क्षेत्रको विकास गर्ने कुरामा हामीलाई जोड दिएका छौँ।


प्रतिकृया दिनुहोस्