Skip
आज : २०८१ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सप्तकोसीमा जेटबोट पुनः सञ्चालनमा आयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २१ गते


Advertisement

धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।

नदीमा जलसतह र बहाव घट्दै गएपछि सोमबार ९आज०देखि जेटबोट पुनः सञ्चालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

केही समयअगाडि वर्षाका कारण जलसतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, “चाडबाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो ।”

हाल सुनसरीको चतरादेखि बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म जेटबोट सञ्चालन गरिँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए ।

सोमबार बिहान चतरास्थित सप्तकोसी नदीमा पुगेर प्रजिअ तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेललगायत अधिकारीले निरीक्षण गरेका थिए ।


प्रतिकृया दिनुहोस्