Skip
आज : २०८१ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खुल्यो मन्थली-काठमाडौँ जोड्ने सडक, बिहानदेखि रोकिएका सवारी गन्तव्यतर्फ लागे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १९ गते


Advertisement

काठमाडौं, असोज १९-  बिहानदेखि अवरुद्ध मन्थली–काठमाडौँ जोड्ने वैकल्पिक सडक संचालनमा आएको छ । दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको थियो ।

शनिबार बिहान देखि अवरुद्ध सडक भर्खरदेखि भित्र संचालनमा संचालनमा आएको गाउँपालिका अध्यक्ष हिरा थोकरले हाम्रोसंचार जानकारी दिए । गाउँपालिकाको पहलमा सडक बिभागको सहयोगमा सडक मर्मतपश्चात् संचालन गरिएको हो ।

लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौँ यातायात आज बिहानदेखि अवरुद्ध भएको थियो ।

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौँ जाने र तीनै स्थानका लागि काठमाडौँबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका थिए । सडक मर्मतपछि रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइको छ ।

मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौँसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौँ आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो ।


प्रतिकृया दिनुहोस्