आज : २०८१ आश्विन १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धादिङका प्रहरी प्रमुख गौतम केसी हेडक्वाटर तानिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १४ गते


Advertisement

काठमाडौं। धादिङका प्रहरी प्रमुख गौतम केसीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ।

उनको स्थानमा दीपेन्द्र शाहीलाई पठाइएको केन्द्रय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। केसी गत फागुनमा धादिङ पुगेका थिए। झ्याप्ले पहिरोपछि उनीमाथि प्रश्न उठेको थियो।

असार ११ र १२ गते राती रात्रीकालिन बस सेवा सन्चालन गर्न रोक लगाउनु भनिएपनि त्यस क्षेत्रमा बस गुडेका थिए।

डिएसपी बढुवामा एक नम्बरमा रहेका केसी नेपाल प्रहरीमा विवादमा नपरेका अधिकृत मानिन्छन् । यद्यपी एसपी बढुवाका बेला उनलाई तत्कालीन नेतृत्वले पुर्वाग्रह राखेको थियो ।

यसपटक धादिङको झ्याप्ले पहिरोबाट जनधनको क्षति भएपछि गृह मन्त्रालयले सिडिओ र एसपी दुवैलाई काठमाडौं झिएको हो ।

धादिङ पठाइएका एसपी दिपेन्द्र शाही यसअघि निर्वाचनको बेला आयुक्तमाथि दुव्र्यवहार गरेको आरोपमा निर्वाचन आयोगबाट कारवाही सिफारिस भएका थिए ।


प्रतिकृया दिनुहोस्