आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ११ गते


Advertisement

काठमाडौं । अत्यधिक वर्षाले देशभरका १४ स्थानमा चेतावनीको तह पार गरेको छ । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका स्थानमा अहिलेसम्म १६ स्थानमा चेतावनीको तह पार गरेको हो ।

वर्षा मापन केन्द्रमध्ये धेरै जसो कोशी प्रदेशका रहेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको मापन भएको छ भने मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा मापन गरिएको छ ।

कोशी प्रदेशको मोरङको हरइचा, बाहुनी, विराटनगर विमानस्थल, झापाको अनारमनी बिर्ता, शनिश्चरे, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा र बाहुनडाँगी, इलामको कन्काई मैनाचुली र उदयपुरको सुन्दरपुरमा चेतावनीको तह पार गरेको छ ।

यस्तै मधेश प्रदेशमा सप्तरीको ब्रमाझिया र रुपानी बजार र लुम्बिनी प्रदेशको पाल्पाको जाल्पा र अर्चालेमा चेतावनीको तह पार गरेको हो ।

विभागका अनुसार अहिले देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार र शनिवार गरेर दुई दिन हिमाली तथा पहाडी जिल्लामा रात्रि बस नचलाउन निर्देशन दिइसकेको छ ।


प्रतिकृया दिनुहोस्