Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्डको दाबी : म संसद्को सिंह बनेर निस्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १० गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रतिनिधि सभाको सिंह बनेर निस्किएको दाबी गरेका छन्।

आज अनेरास्ववियू (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

आफ्नो दल सरकारबाट बाहिर निस्कँदैगर्दा विद्यार्थीहरू सडकका बाघ र आफू चाहिँ प्रतिनिधि सभाको सिंह भएर निस्किएको प्रचण्डले दाबी गरेका हुन् ।

साथै, उनले प्रतिक्रियावादी र दलालहरूले संख्याको बलमा आफुहरुलाइ बाहिर जान बाध्य पारेको बताए।

‘मैले प्रतिनिधिसभामा विश्वासको मत लिँदैगर्दा प्रतिक्रियावादी र दलालहरूले संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारेका छन्। अब हामी जनताको बीचमा गएर जनताको तागत लिएर यिनका विरुद्धमा लड्नेछौँ भनेर कमिटमेन्ट गरेको थिएँ,’ उनले भने।

उनले विद्यार्थीहरूलाई अपिल गर्दै थप अघि भने, ‘आज राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा विद्यार्थी साथिहरूलाई अपिल गर्न चाहन्छु, तपाईंहरूको साथ मिल्यो भने केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिन्छ।


प्रतिकृया दिनुहोस्