आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बिदेशबाट फर्किएका युवकले गरे गोलिहानि श्रीमतिकाे हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १० गते


Advertisement

सर्लाही । सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन्।

छोराले प्रहार गरेको गोली लागेर युवकका बुवा पनि घाइते भएका प्रहरीले जनाएको छ।

गएराति पौने २ बजे हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

‘टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले बताए ।

हातको कुइँनामा गोली लागेर धिरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादव घाइते छन्। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।

धिरेन्द्र एक महिनाअघि मात्रै वैदेशिक रोजगारी ९कुवेत०बाट फर्किएको पाइएको प्रहरीले जनाएको छ। उनले पत्नीको हत्या गर्नुको कारण भने खुलेको छैन। हत्यापछि उनी फरार छन् ।

प्रहरीका अनुसार कुवेतबाट फर्किएदेखि नै धिरेन्द्रले पत्नीसँग झगडा गरेका थिए। त्यसपछि घरमा २र३ दिन बसेर उनी भारततिर गएका थिए। त्यसयता घर नफर्किएका उनी गएराति मोटरसाइकलमा एकजनालाई साथमा लिएर घर आएका थिए । मध्यराति घरमा पुग्नासाथ उनले गोली प्रहार गरेर पत्नीको हत्या गरेका हुन्।

बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा ससुरालाई पनि गोली लागेको अनुमान प्रहरीले गरेको छ। गोली लागे पनि युवकका बुवाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घिरेन्द्र र चित्रलेखाका एक छोरी छन्। उनी भने सकुशल छिन्।


प्रतिकृया दिनुहोस्