Skip

Hamro Sanchar

चट्याङ लागेर कञ्चनपुरमा २ जनाको मृत्यु, एक जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ९ गते


कञ्चनपुर । कञ्चनपुरमा बुधबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनारको चट्याङ लागेर मृत्यु भएको हो।

रुखमा ओत लाग्ने क्रममा उनलाई चट्याङ लागेको हो। सोही घटनामा अर्का स्थानीय ३६ वर्षीय जगते सुनार भने घाइते भएका छन्।

उनको उपचार दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस्तै आजै लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्