Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ९ गते


Advertisement

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ ।
संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मंसिर १६ गते तय भएको उपनिर्वाच्नका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ ।

यस्तै दलको विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, संगठनात्मक स्वरुपसहितका आवश्यक कागजात दल दर्ताका लागि निवेदन दिँदा पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ।

दलहरुले असोज १० देखि १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्