Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्ड र रवीन्द्र मिश्रबिचको भेटप्रति बाबुरामको टिप्पणी : प्रचण्डको वास्तविकता त्यही हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ९ गते


Advertisement

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रवीन्द्र मिस्रबिचको भेटलाई लिएर टिप्पणी गरेका छन् ।

प्रचण्डले राजा महेन्द्र त गज्जबका भिजनरी राजा रहेछन् भन्ने प्रतिक्रिया दिएको रवीन्द्रको भनाइलाई लक्षित गर्दै उनले बिरालो म्याउ गरेको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्– प्रचण्ड र रवीन्द्र मिश्रबिचको अंतरंग कुराकानीको सत्य तथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्षदेखि जान्ने सबैलाई थाहा छ अहिले बिरालो म्यॉउ गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो।

उनी थप लेख्छन्– गणतन्त्र,धर्मनिरपेक्षता,सङ्घीयता,समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानपूर्ण सङ्घर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन्१ खोस्न दिनु हुँदैन।


प्रतिकृया दिनुहोस्