Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई अदालतमा उपस्थित गराइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ७ गते


Advertisement

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान अगाडि बढाउन अदालतसमक्ष माग गरेको छ।

जोशी पक्षका कानुन व्यवसायीहरुले भने, ‘अनुसन्धान प्रक्रियामा सघाउन जोशी तयार रहेकाले थुनामा हैन, बाहिर नै दैनिक हाजिरीमा राखेर अनुसन्धान गर्ने व्यवस्थाको माग गरेका छन्। बहस जारी छ।’

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले दुवै पक्षको कुरा सुनेपछि अन्तिम फैसला गर्नेछ।

जोशीलाई आइतबार काठमाडौंमा पक्राउ गरिएको थियो भने सोही साँझ हवाइ मार्गबाट पोखरा ल्याइ हिरासतमा राखिएको थियो।


प्रतिकृया दिनुहोस्