Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मेडिकल ब्याबसायी दुर्गा प्रसाईं पक्राउ, यस्तो छ पक्राउ पर्नुको कारण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ६ गते


Advertisement

काठमाडौं, असोज ६- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो । सोही उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।प्रहरीहरू पुगेका थिए। त्यसबेला उनले गेट खोल्न मानेका थिएनन्। भर्‍याङ लगाएर प्रहरी घरभित्र प्रवेश गरी प्रसाईंलाई नियन्त्रणमा लिनुपरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

पक्राउ गर्न प्रहरीहरू घरमा पुग्दा उनले गेट खोल्न मानेका थिएनन् । भर्‍याङ लगाएर प्रहरी घरभित्र प्रवेश गरी प्रसाईंलाई नियन्त्रणमा लिनुपरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रसाईंलाई भोटाहिटीस्थित साइबर ब्युरो लगिएको छ ।


प्रतिकृया दिनुहोस्