Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पत्रकार महासंघको चुनाव अनिश्चितकालको लागि स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ४ गते


Advertisement

काठमाडौं । सदस्यता विवादको किचलोमा फसेको नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित बनेको छ।

पटकपटक निर्वाचन मिति घोषणा गर्दै आएको महासंघले पछिल्लोपटक यही असोज १२ गते निर्वाचन गर्ने तयारीसहितको कार्यतालिका सार्वजनिक गरेको थियो।

पत्रकार महासंघको निर्वाचन फेरि अन्योलमा, ५३ जिल्ला शाखाका अध्यक्षले जनाए यस्तो असन्तुष्टि

महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले सूचना जारी गर्दै असोज ४ गते तोकिएको उम्मेदवारको मनोनयन दर्ता लगायतका सबै कार्य हाललाई स्थगित गरिएको जनाएका छन् ।

 


प्रतिकृया दिनुहोस्