Skip

Hamro Sanchar

शंकरको रविलक्षित प्रश्न: जान्नेलाई छान्ने भन्नेहरूले कस्तो सुशासन दिन खोजेको हो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २ गते


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो रु भन्दै टिप्पणी गरेका छन्।

कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ जानकारी नै नराखी बिना लगानी सेयर होल्डर बन्न नमिल्ने उनको तर्क छ।

उनले भनेका छन्, ‘कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ। अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?

जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले आफू लिएको कम्पनीको सेयरको दायित्व लिनुपर्ने उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्