Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रविलाई विश्वप्रकाशको प्रश्न : समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पार्टीको नाम फेर्न सुझाएका छन्। प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित दुई सुझाव दिएका हुन्।

उनले भनेका छन्, ‘कतिपय असन्तुष्टिको माहोलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नुभो, एउटा आकार बनाउनुभो। अब स्वतन्त्र छोडेर दलको नाम जुराउने साहस राख्नोस् । शुभकामना !’

उनले सहकारी छानबिन समितिको प्रतिवेदनले ‘क्लिन चिट’ कि ‘क्लियर चिट’ ? दिएको भन्नेमा प्रष्ट हुन आग्रह गरेका छन्।शृर्माले थपेका छन्, ‘प्रचलित कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं । बरु क्लियर चिट किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ– बेइमानी । अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ।


प्रतिकृया दिनुहोस्