Hamro Sanchar

सभापति देउवा भन्छन् : कांग्रेस र एमालेबीच कुनै मतभेद छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको दाबी गरेका छन्।

आज काठमाडौँमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने दाबी गरेका हुन् ।

देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरूमा अझ यसको प्रभाव पर्ने देउवाको भनाइ थियो।

एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरूको कर्तव्य भएको देउवाले बताए।

यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न कर्मचारीहरूलाई उनले निर्देशन समेत दिएका छन् ।

 


प्रतिकृया दिनुहोस्