Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकारलाई प्रचण्डको चेतावनी : दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १३ गते


Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने चेतावनी दिएका छन् ।

पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेका हुन् ।

सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको भन्दै उनले भने, ‘अलि बढी गर्नुभयो भने सडकमा आउँछौं ।’

भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामबारही नरोक्न माग गर्दै सडकमा आउने उनले बताए ।

उनले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमतिमाथि समेत प्रश्न गरेका छन् ।

‘उहाँहरुले २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, प्रचण्डले भने, ‘समावेशी भनेपनि माओवाादी, समानुपातिक भनेपनि माओवादी, दलित महिला मुस्लिम भनेपनि माओवादी, गणतन्त्र भनेपनि माओवादी भनेपनि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ ।


प्रतिकृया दिनुहोस्