आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाली छात्राको अमेरिकामा गोली हानि हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १२ गते


Advertisement

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा गोली हानेर एक नेपाली छात्राको हत्या गरिएको छ।

भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर मारिएको हो।

घटनाको खबर पाएपछि सोमबार साँझ साढे ५ बजेतिर ह्युस्टन प्रहरी घटनास्थलमा पुग्दा मुना छातीमा गोली लागेको अवस्थामा मृत भेटिएकी हुन्।

उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन्।

सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाण्डेकी आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छन्।

हालसम्म हत्यारा पत्ता लागेका छैनन्। घटनाबारे अनुसन्धान भइरहेको ह्युस्टन प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्